Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नारी दिवसका अवसरमा सभामुख घिमिरेबाट शुभकामना व्यक्त


195
Shares

काठमाडौँ । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले
११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

सभामुख घिमिरेले नारी दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

“विश्वमा सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलन फरकफरक स्वरूपमा आज पनि जारी छ, नेपालमा पनि विभिन्न आन्दोलनले महिलाको राजनीतिक अधिकारलाई विश्वमै उदाहरणीय हुने गरी स्थापित गरेको छ”, सभामुख घिमिरेको शुभकमना सन्देशमा उल्लेख छ ।

सभामुख घिमिरेले शुभकामना सन्देशमा “राजनीतिक अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा पनि हो, राजनीतिकरूपमा महिलाको अधिकार सुनिश्चित भए पनि सशक्तीकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिबद्धता हुन जरुरी छ ।” व्यक्त गर्नुभएको छ ।