
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गर्नुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताउनुभयो । उहाँले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताउनुभयो । उहाँले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिनुभयो ।
अध्यक्ष लिङ्देनले समग्र देशको अवस्था ठिक नरहेको बताउनुभयो । उहाँले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्