
फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ ।
सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्दै हुनुहुन्छ । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा हुनुहुने छ । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने छन् ।
प्रतिक्रिया दिनुहोस्