७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक हो : महासचिव विप्लव


780
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको हो ।

महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताउनुभयो । उहाँले देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताउनुभयो । उहाँले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताउनुभयो । उहाँले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो ।

महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताउनुभयो । आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पु¥याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उहाँको भनाई छ ।