६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024


आज देशभर हल्का वर्षा हुने


3.081k
Shares

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर साधारणतया बदली हुने र कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँ र सुदूरपश्चिम र बागमती प्रदेशका केही ठाउँहरूमा हल्का वर्षा भइरहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै ठाउँहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसका साथै सोमबार र मंगलबार पनि देशका पहाडी भूभागका एक–दुई ठाउँमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।