४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


देशले प्रिय र श्रद्धेय कलाकारलाई गुमायो : अध्यक्ष लिङ्देन


182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी भएको बताउनुभएको छ ।

सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले सबैका प्रिय र श्रद्धेय कलाकारलाई देशले गुमाएको बताउनुभयो । उहाँले स्व. आचार्य सधैं अजर अमर भएर रहने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले स्व. आचार्यलाई नेपाल र नेपालीले सधैं स्मरण गरिरहने बताउनुभयो ।