४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


आचार्यको निधनसँगै नेपाली गीत-संगीतमा एउटा अध्याय समाप्त भयो : गगन थापा


520
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत-संगीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ ।

सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका महामन्त्री थापाले उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठूलो क्षति पुगेको बताउनुभयो । महामन्त्री थापाले आचार्यको भौतिक शरीर नरहे पनि उहाँको सिर्जना कालजयी रहने बताउनुभयो ।

महामन्त्री थापाले नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि स्व. आचार्यले आफ्न दुई पुत्रहरुलाई पनि सांगीतिक क्षेत्रमै लगाएको बताउनुभयो ।