४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : अध्यक्ष ओली


91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

सोमबार स्व. भक्तराज आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताउनुभयो । उहाँले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दन सफल व्यक्तिको रुपमा चिन्ने गरेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पु¥याउनु भएको बताउनुभयो ।