
काठमाडौं । विपक्षी सांसदहरुले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।
विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले बैठक सहज रूपमा अघि बढाउन पटकपटक आग्रह गरे पनि अवरोध नहटेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको हो।
प्रतिक्रिया दिनुहोस्