१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


च्याम्पियन्स लिग फुटबलमा आर्सनल पराजित


1.079k
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार राती आर्सनललाई एफ.सी पोर्टोले १–० ले हरायो ।

राउण्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगको खेलमा पोर्चुगलको पोर्टोलाई विजयी गराउन रोड्रिग्वेज गालेनोले इन्जुरी समयमा निर्णायक गोल गरे ।

पोर्टोको मैदानमा भोगेको यो हारपछि इंग्लीश क्लब आर्सनल दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।

गएराति भएको अर्को खेलमा इटालीको नापोलीले स्पेनको बार्सिलोनासँग १–१ गोलको बराबरी खेलेको छ ।

नापोलीको मैदानमा बार्सिलोनाका रोबर्ट लेवाडोस्कीले पहिलो गोल गरे । तर नापोलीका भिक्टर ओसिमेनले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।