४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


काठमाडौंमा राप्रपाको जनप्रदर्शन (तस्बिरहरु)


832
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले व्यवस्थाविरुद्धको आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।

बुधबारबाट राप्रपाले काठमाडौंसहित देशभर व्यवस्थाविरोधी आन्दोलन सुरु गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन् । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो ।

भृकुटीमण्डपबाट ¥याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको हो । राप्रपाले बुधबार सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई मागपत्र प्रश्तुत गरेका छन् ।

राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापना लगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै आएको छ ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मागमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र रहेका छन् । साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव छन् ।