
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियासँग नेपाल पराजित भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नामिबियाका कप्तान जेर्रार्ड इरास्मसले ५२ रनको अर्धशतक पारी खेले । नेपालका कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७ ओभर १ बलमा आलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । नेपालका आसिफ शेखले सर्वाधिक ५८ रन जोडेका थिए । नामिबियाका लेफ्टि इटन र बेर्नार्ड स्कोल्जले चार–चार तथा जोर्रार्ड इरास्मस र ज्याक ब्रसेलले एक-एक विकेट लिए ।
आजको जितसँगै नामिबियाले तीन खेलबाट चार अंक जोडेको छ । पराजित भएको नेपालको दुई अंक छ । पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले निरास बनेको थियो ।
नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि नौ विकेटको सहज जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्