काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायुु परिवर्तनले श्रमीक वर्गमा पारेको असरबारे सरकार र विश्वसमुदायले बुझ्न जरुरी रहेको बताउनुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विश्व सामाजिक मञ्चको जारी सम्मेलनमा गरेको नेपाल फोरम कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो ।
संगठित र असंगठित दुवै क्षेत्रका श्रमीकले दिनदिनै रोजगारी गुमाएको अवस्था रहेको बतउनुभयो । उहाँले श्रमीकलाई संरक्षण गर्ने सामाजिक सुरक्षाका प्रभावकारी र भरपर्दो कार्यक्रम ल्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
अध्यक्ष कुँवरले जलवायु परिवर्तनको असर श्रमीकहरुमा पनि परिरहेको जिकिर गर्नुभयो । उहाँले फोरम नेपालले नेपाल जल्दोबल्दा श्रम समस्या, सामाजिक सुरक्षा, बसाईंसराई लगायतका विषय सम्मेलनमा उठान गरेको बताउनुभयो । उहाँले नेपालमा लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सफल कार्यन्वयनको अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका विषयमा पनि छलफल गरेको बताउनुभयो ।
अध्यक्ष कुँवरले भौतिक विकाससँगै भएको वातावरण विना र प्राकृतिक असन्तुलन भएर विभिन्न खालका प्राकृतिक प्रकोपहरु र महामारीहरु लगायतका समस्याहरु देखिका विषयमा पनि छलफल भएको बताउनुभयो ।
अध्यक्ष कुँवरले भोकमरीका समस्याहरु उजाड भइरहेको र जलवायु परिवर्तनको कारण हिमालहरु पग्लिरहेको विषयहरु उठान गरिएको बताउनुभयो । उहाँले न्यायिक रुपान्तरण भित्र लंैगिक हिंसा र प्रजातन्त्रमा नागरिकले पाउने अधिकारहरु कटौती, मानवअधिकार र ट्रेड युनियन अधिकारको पक्षमा आवाज उठाएको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्