Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते


377
Shares

काठमाडौं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना भएको हो । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न‍ को बोलेरो शनिवार राती अनियन्त्रित भइ पल्टिँदा चितवनको ईच्छाकामना गाउँपालिका– ६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।