१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


शुशिल कोइराला मेमोरियल यू-१९ महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई


104
Shares

काठमाडौं । बाँकेमा भएको शुशिल कोइराला मेमोरियल यू-१९ महिला क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ ।

बाँकेको कोहलपुरमा बिहीबार भएको खेलमा कोहलपुर मेयर ११ लाई २ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले उपाधि जितेको हो ।

कोहलपुरले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बलमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोहलपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । सुदूरपश्चिमकी मनिषा बोहरा प्लेयर अफ द म्याच भइन् ।