
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा राउण्ड अफ सिक्सटिनका खेलमा पिएसजी र लाजियो विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीले स्पेनको रियाल सोसिडाडलाई २–० ले हरायो । पिएसजीलाई विजयी गराउन किलियन एम्बाप्पे र ब्राड्ले बार्कोलाले एक एक गोल गरे ।
गएराति भएको अर्को खेलमा इटालीको लाजियोले जर्मनीको बायर्न म्युनिखलाई १–० ले पराजित ग¥यो । आफ्नै मैदानमा भएको खेलमा लाजियोलाई विजयी गराउन सिरो इम्मोबिलले ६९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
राउण्ड अफ सिक्सटिनको पहिलो लेगको जितपछि पिएसजी र लाजियोले क्वाटरफाइनलमा पुग्ने संभावना बलियो पारेका छन् । पराजित टोली बायर्न म्यनिुख र सोसिडाड भने दोस्रो लेगको खेलपूर्व दबाबमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस्