२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आज


169
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आज हुँदैछ । आज अपरान्ह हुने अवार्डमा विभिन्न ९ विधामा खेलकर्मीहरु पुरष्कृत हुनेछन् ।

अवार्डका लागि उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । जस अनुसार पहिलो चरणमा दुवै विधामा ८ जना मनोनयनमा परेका छन् । मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट भने आजै सार्वजनिक गरिने आयोजकले जनाएका छन् । अन्तिम मनोनयन सूचीमा परेका तीन मध्येबाट विजेता चयन गरिने छ ।

वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन् ।

यस्तै वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् ।

वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा खेलाडी र सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षक मनोनयनमा परेका हुन् । पिपुल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन् ।