काठमाडौं । नेपाल र क्यानाडाबिचको एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेल भोलि हुँदैछ । खेल बिहान सवा ९ बजे त्रिवि मैदान किर्तिपूरमा हुनेछ ।
बिहीबार सुरु भएको श्रृंखलाको पहिलो खेलमा क्यानडालाई ७ रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको छ । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७ ओभर ५ बलमा अलआउट हुँदै २ सय १७ रनमा समेटियो ।
नेपाल र क्यानडाबीच ३ वटा खेलको एक दिवसीय श्रृंखला चलिरहेको छ । श्रृंखलाको दोस्रो खेल आइतबार हुनेछ भने तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एक दिवसीय श्रृंखला खेलिरहेको हो ।





प्रतिक्रिया दिनुहोस्