Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


आगामी अधिवेशन कार्यतालिका अनुसार नै सञ्चालन हुने


0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभमुखले आगामी अधिवेशनलाई कार्यतालिका नै बनाएर सञ्चालन गर्ने हुनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभामा रहेका दलका सचेतकहरुसँगको छलफलमा प्रतिनिधि सभाका बैठकमा कार्यतालिका अनुसार चलाउने योजना रहेको जानकारी गराउनुभएको हो ।

सिंहदरबारमा भएको छलफलमा प्रतिनिधि सभाका सांसदहरुलाई संसद बैठक, समिति बैठक र जिल्ला भ्रमणको समय व्यवस्थापन हुनेगरी छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । उहाँले बैठकलाई चलाउने कार्यतालिका प्रस्तुत गर्नुभएको र बैठकलाई कसरी प्रभावकारी रुपमा बढाउन सकिन्छ, संसदका बैठकहरु प्रभावकारी बनाउने, समितिका बैठकहरु पनि प्रभावकारी बनाउने ? भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

प्रमुख सचेतक गिरीले विद्युतीय हाजिरीको सम्बन्धमामा पनि छलफल भएको र छलफलमा हिउँदे अधिवेशन (माघ २२) बाटै विद्युतीय हाजिरी औपचारिक रुपमा शुरुवात गर्ने गरी छलफल भएको बताउनुभयो । उहाँले छलफलमा समितिको सभापति टुंग्याउने र बनाउन बाँकी संयुक्त समिति छिटै बनाउने बारेमा छलफल भएको बताउनुभयो । अबको अधिवेशनमा धेरै भन्दा धेरै विधेयकहरुलाई सघन ढंगले छलफल गर्ने, समयमै ऐनहरु निर्माण गर्ने र काममा जाने, जनताका मुद्दाहरुलाई सदनभित्र एकदमै सशक्त र प्रखर ढंगले आउने वातावरण निर्माण गर्नुपर्ने हिसावमा छलफल भएको पनि बताउनुभयो ।

यता, सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ २२ गतेदेखि अधिवेशन प्रारम्भ हुनेकुरालाई क्यालेण्डरअनुसार कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको बताउनुभयो । उहाँले हिउँदे अधिवेशनमा बढी भन्दा बढी विधेयक पारित हुने पनि बताउनुभयो । उहाँले विभिन्न देशका मैत्री समूहहरु बनाउन बाँकी रहेकाले समूह बनाउन छिटो काम गर्नेबारेमा पनि छलफल भएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले सुनुवाई समितिको सभापति चयन हुन नसकेकाले छिटै चयन गर्ने र बनाउन बाँकी संयुक्त समिति बनाउन पनि छिटै बनउने बारेमा छलफल भएको बताउनुभयो ।