१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


यू–१९ विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दै


260
Shares

काठमाडौं । आइसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दैछन् । खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

सुपर सिक्समा भारत लगातार दोस्रो जितको खोजीमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा नेपाललाई बंगलादेशले ५ विकेटले हराएको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिइसकेको नेपाल आज प्रतिष्ठाको लागि खेल्दैछ । विश्वकपमा भारतलाई हराउन नेपाल प्रतियागिताको सुखद बिदाइ गर्न चाहन्छ ।

समुह चरणका खेलको अंकसमेत गणना हुने ढाँचामा खेलाइएको सुपर सिक्समा ३ खेलबाट भारत र पाकिस्तानको ६–६ अंक छ । बंगलादेशको ४ अंक छ भने न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।