२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


व्यवसायी चौधरीलाई पक्राउ गरेकोप्रति निजी क्षेत्रको आपत्ति


689
Shares

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउको विरोधमा निजीक्षेत्रले आपत्ति जनाएको छ ।

उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायत निजी क्षेत्रको छातासंगठनले पत्रकार सम्मेलन गरी व्यवसायीमाथिको धरपकडले निजीक्षेत्र हतोत्साही भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे महासंघको गम्भीर ध्यानाकर्षण भएको उसले जनाएको छ । महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक-पटक आग्रह गर्दै आएको छ ।

पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको उसको ठहर छ । साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्पm महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विज्ञप्तिमा भनिएको छ ।

यस्तै, परिसंघ अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर समेत नदिई प्रकाउ गर्नु गलत भएको बताउनुभयो ।

परिसंघका निःवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताउनुभयो ।