२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बसन्तकुमार नेम्वाङ गम्भीर बिरामी


23.14k
Shares

ताप्लेजुङ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्वाङ गम्भीर बिरामी पर्नुभएको छ ।

पार्टी कामको सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको बेला अचानक बिरामी पर्नुभएका उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

गेष्ट हाउसमा खाना खान लाग्दा अचानक स्ट्रोक भएका नेम्वाङको अवस्था गम्भीर रहेको एमाले ताप्लेजुङका सचिव मणिशंकर पोमुले जानकारी दिनुभयो । उहाँको शरीरको एक भाग नचलेको बताइएको छ ।