Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


युद्धविराम र बन्धक रिहाइका लागि हमासको शर्त


1.1k
Shares

एजेन्सी । गत अक्टोबर ७ देखि इजरायलसँग युद्धको सामना गरिरहेको हमासले गाजापट्टीबाट सम्पुर्ण इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम हुन नसक्ने स्पष्ट पारेको छ ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविरामका लागि हमाससँग गरेको आग्रहका बीच हमासले इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम नगर्ने र साथै आफनो कब्जामा रहेका बन्धक रिहा नगर्ने शर्त अघि सारेको छ ।

यसअघि अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गर्नुभएको थियो ।

हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका लागि दुबै समुहसँग जारी वार्ता सकारात्मक रहेको भन्दै प्रधानमन्त्री थानीले रिहाइका लागि केही योजना तयार पारेको स्पष्ट पार्नुभएको थियो । सोही योजनाबारे हमासलाई जानकारी गराउँदा हमासको यो भनाइ सार्वजनिक भएको हो ।

हमासको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनले संयुक्त रुपमा वक्तव्य जारी गर्दै उक्त शर्त अघि सारेको हो । यसअघि फ्रान्समा अमेरिका, इजिप्ट र कतारले मिलेर इजरायली प्रतिनिधिहरुसँग वार्ता गरेको थियो ।

यसैबीच, इजरायलले गरेको आक्रमणमा विगत २४ घण्टामा २१५ जना प्यालेष्टेनीको मृत्यु भएको छ । इजरायलले गरेको स्थलगत र हवाई हमलामा २१५ जनाको ज्यान गएको हो ।