२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक आजबाट


65
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि सुरू हुँदैछ । बैठक काठमाण्डौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ । बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सोमबारसम्म चल्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुने पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ । नेकमा एसले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ ।