१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


इलाम गोल्डकपको उपाधि एनआरटीलाई


468
Shares

इलाम । इलामको ठूलो टुडीखेलमा जारी इलाम गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौंले चुमेको छ ।

शनिबार भएको फाइनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईबेकरमा परिणत भएको थियो ।

ट्राईबेकरमा विर्तामोड युनाइटेड झापा लाई ४-३ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी)ले पहिलो संस्करणको उपाधि चुमेको हो ।

उपाधिसँगै न्युरोड टिम (एनआरटी) काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता विर्तामोड युनाइटेड झापाले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलको म्यान अफ द म्याच बिर्तामोड युनाइटेड झापाका हिसुब थपलिया घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।