Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्यो : अध्यक्ष लिङ्देन


78
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गर्नुभएको छ ।

विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको अध्यक्ष राजेन्द्र लिङ्देनको जिकिर थियो ।

शनिबार काठमाडांैमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरु मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहोर्‍याउनुभयो ।

उहाँले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष लिङदेनले यथास्थितिमा आफूहरु बसिरहने पक्षमा नरहेको पनि बताउनुभयो ।