२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतदान


130
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान भइरहेको छ ।

राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा बिहान ९ बजेदेखि मतदान शुरु भएको हो ।

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।

दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपांगतातर्फ काँग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ नेकपा (माओवादी केन्द्र) की रेणु चन्दले उम्मेदवारी दिनुभएको छ ।

यस्तै नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१ सय रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४ हजार ४५७ रहेको छ भने एमालेको मतभार १ हजार ४८० छ ।