काठमाडौं । धनगढीमा एक व्यापारीले आफ्नै घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले बुधबार आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उनको ज्यान गएको हो ।
धनगढीस्थित सन्दीप स्टोरका सञ्चालक रहेका अग्रवाल कस्मेटिक ब्यापारी हुन् । उनले घरको पाँचौँ तलाबाट हाम्फालेको र उनलाई तत्काल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
उनले के कति कारणले घरको छतबाट हाम फालेका हुन भन्ने विषयमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
घरको छतबाट हाम्फाल्ने तयारी गरेको देखेपछि वरपरका छिमेकीले त्यसो नगर्न भन्दाभन्दै उनले हाम्फालेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्