
काठमाडौं । अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्नेछ । खेल दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।
अण्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आइतवार भएको पहिलो खेलमा नेपाललाई न्ज्युजिल्याण्डले ६४ रनले हराएको थियो ।
बुधबारको खेल नेपाललाई प्रतियोगितामा जिवित रहन निर्णायक मानिएको छ । यो खेल हारेको खण्डमा नेपाल समुह चरणबाटै बाहिरिने निश्चित हुनेछ । खेल जितेको खण्डमा नेपालको अर्को चरणमा पुग्ने गणितीय संभावना बाँकी रहन्छ ।
प्रतिक्रिया दिनुहोस्