Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


नयाँसडक क्षेत्रमा आजदेखि पार्किङ निषेध


715
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गर्न लागेको हो ।

धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महावौद्ध, वीरअस्पताल तथा आसपासका कालोपत्रे सडकमा पार्किङ् निषेध लागू हुनेछ । त्यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

उक्त स्थानमा तीन सय वटा चारपांग्रे र सात सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिने दाबी गरिएको छ । नयाँसडक क्षेत्रलाई पार्किङ् निषेध गरेर विशेष सरसफाइ अभियान थाल्ने महानगर प्रहरीले जनाएको छ ।