Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आयोग उपाध्यक्ष श्रेष्ठ र इयू राजदूतबीच भेटवार्ता


78
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (इयू)की राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ ।

सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा आयोगले तयार गरिरहेको १६औं योजना, अति कम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाल र इयूको व्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठले १६औं योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने विश्वास दिलाउनुभयो ।