५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


भारी वर्षाले तान्जानियामा यातायात ठप्प


104
Shares

एजेन्सी । शनिवार रातिदेखि शुरु भएको भारी वर्षाले दार एस सलामको व्यावसायिक केन्द्रसहित तान्जानियाका केही भागहरूमा यातायात र व्यवसायहरू ठप्प भएका छन् ।

पूर्वी उपनगरहरूलाई व्यापारिक शहर दार एस सलामसँग जोड्ने मुख्य सडक बाढीले डुबाएको छ । ५० लाखभन्दा बढी मानिसको व्यापारिक केन्द्रहरु पनि वर्षासँगैको बाढीका कारण बन्द भएका छन् ।

सिम्बाजी नदीमा बाढी आएपछि प्रहरीले जङ्गवानी क्षेत्र घेरा हालेर शहरको प्रमुख सार्वजनिक यातायात दार एस सलाम ¥यापिड ट्रान्सपोर्टको सञ्चालन रोकेको थियो ।

राष्ट्रपति सामिया सुलुहु हसनले आइतबार देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको क्षतिलाई कम गर्न तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति हसनले देशभरको अविरल वर्षाले क्षति भएका सडक र पुलको पुनःनिर्माणका लागि थप पहल गर्न आग्रह गर्नुभयो । देशका केही स्थानमा लगातार पाँच दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।