
काठमाडौं । आइसिसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाललाई न्युजिल्यान्डले हराएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा नेपाल ६४ रनले पराजित भयो । ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले सबै ५० ओभ।र व्याटिङ गरेपनि ९ विकेटको नोक्सानीमा २ य ३८ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको योगदान गर्दा देव खनालले ३६ रन तथा सुवास भण्डारीले अविजित ३३ रन जोडे । न्युजिल्याण्डका मेसन क्लार्कले तिन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । उसका लागि स्नेहित रेड्डिले अविजित १ सय ४७ रनको योगदान गरे ।
नेपालका सुवास भण्डारीले तीन तथा गुल्सन झाले दुई विकेट लिए । हारसँगै नेपालको सुपर सिक्समा पुग्ने संभावना कठिन भएको छ । समुहको दोस्रो खेलमा नेपालले बुधवार पाकिस्तानको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल शुक्रवार अफ्गानिस्तानविरुद्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्