१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


यू१९ विश्वकपमा आज नेपाल र न्युजिल्याण्ड भिड्दै


845
Shares

काठामाडौं । आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ । नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन् । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो ।

यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुनेछ । भारत यो प्रतियोगिताको साविक विजेता राष्ट्र हो ।