१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै


234
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

गत बिहिबार युगाण्डा जानुभएका प्रधानमन्त्री दाहालले असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजधानी कम्पालामा सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका नेताहरूसँग पनि वार्ता गर्नुभएको छ । असंलग्न आन्दोलनको संस्थापकमध्ये एक रहेको नेपालले सबै सम्मेलनमा सहभागिता जनाउँदै आएको छ  ।