
काठमाडौं । प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् ।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरु मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र रुपान्तरण सार्वजनिक भएका हनु् ।
विमोचन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार देवी नेपालले पुस्तकहरु सर्वसाधारणले बुझ्नेगरी लेखिएको बताउनुभयो । उहाँले कृतिहरु वर्षौंवर्षसम्म रहीरहने सम्पती रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुस्तक समालोचक डा.पुष्कार भट्टले पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको बताउनुभयो । उहाँले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रश्तुत गरिएको छ । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरु पनि देखाएको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, समालोचक पुरुसोत्तम दाहालले नेपाली समाज बिस्तारै अल्छि बनिरहेको बताउनुभयो । उहाँहरुले कितावहरुमा कारुणिक किसिमको कथावस्तु रहेको बताउनुभयो ।
कार्यक्रममा लेखक भट्टले जीवन एउटा संघर्ष भएको र कर्म सुख शान्तिको आधार भएको भन्दै किताबको मूल्यांकन पाठकलाई छोड्ने बताउनुभयो ।
शनिबार चार कृतिहरु एकसाथ विमोचन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्