काठमाडौं । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचारप्रमुख जीवराम भण्डारीलाई प्रदान गरिएको छ ।
स्वर्गीय वियोगीको १८ औं पुण्य तिथिका अवसरमा नुवाकोटको सूर्य चौरमा आयोजित कार्यक्रममा भण्डारीलाई २५ हजार राशीको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
यसैगरि गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार नुवाकोट कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएका त्रिशुली प्रवाहका सम्पादक शरण उत्सुकलाई प्रदान गरिएको छ ।
अर्थमन्त्री प्रकाश शरण महतले उत्सुकलाई १५ हजार राशीको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको हो । यस्तै, वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र मन्टेश्वरी राजभण्डारीलाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री प्रकाश शरण महतले आफु अर्थमन्त्रालयमा आउँदा थुप्रै बेथीति र अप्ठयाराहरु रहेको बताउँदै अहिले अर्थतन्त्र लयमा फर्कीएको दाबी गर्नुभयो । उहाँले तत्काल गोविन्द वियोगी पत्रकारीता अध्ययन केन्द्रलाई आर्थिक सहयोग को लागि प्रस्ताव गर्न नसकीने बताउँदै अर्थमन्त्री डा. महतले भावी दिनमा सहयोगको लागि कोशीश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अर्थमन्त्री महतले पछिल्लो समय मूलधारका सञ्चारमाध्यमहरु संकटमा पर्नु देशको आर्थिक अवस्थामात्र नभई सामाजिक सञ्जालपनि कारण रहेको बताउनुभयो । संकटमा परेको नेपालका मूलधारका मीडीयाहरुलाई पुनःजगरण गर्ने बेलाआएको अर्थमनत्री डा. महतको भनाइ छ ।
यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्भिक, स्वतन्त्र र अलोचनात्मक सोच सहितको पत्रकारीता स्खलीतक हुँदैछकी भन्ने त्रास भएको बताउँदै त्यसतर्फ पनि बहस पैरवी गर्न आवश्या रहेको औँल्याउनुभयो ।
कार्यक्रमका वक्ताहरुले पछिल्लो समय सञ्चार माध्यमहरुमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।








प्रतिक्रिया दिनुहोस्