Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख सहयोग


6.5k
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ ।

शनिबार काठमाडौंमा एनआरएनएले वैदेशिक रोजगारीको क्रममा कंगोमा निधन हुनुभएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ वितरण गरिएको एनआरएनएका अध्यक्ष बद्री केसीले बताउनुभयो ।

अध्यक्ष केसीले परिवारका ३ जना पिता, श्रीमती र पुत्रलाई क्रमशः ३०, ३० र ४० प्रतिशत रकम प्रदान गरेको बताउनुभयो । उहाँले ४० प्रतिशत पैसा छोराको नाममा मुद्दती खातामा जम्मा गरिदिएको बताउनुभयो ।

अध्यक्ष केसीले वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये दैनिक रुपमा १२ देखि १५ वटा शव नेपाल आउने गरेको बताउनुभयो ।