४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मधेश आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन


143
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ ।

शुक्रबार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरुको स्मरण गरिएको हो ।

काठमाडौंका शान्तिबाटिकमा शुक्रबार साँझ उनीहरुको तस्बिरमा माला अर्पण तथा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रञ्जुकुमारी झाले १७ औं बलिदानी दिवसमा सहभागी भइ २०६३ माघ १ गते मधेश आन्दोलन सुरु भएको अवसरमा र ५ गते मधेश आन्दोलनको प्रथम शहीद रमेश महतो लगायतका शहीदहरुप्रति सम्मान व्यक्त गरिएको बताउनुभयो ।

सांसद झाले मधेश आन्दोलनकै कारण महिला, मधेसी, जनजातिको अधिकार सुनिश्चित भएको दाबी गर्नुभयो ।