
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्नुहुनेछ । युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्ने शिखर सम्मेलनमा प्रधानमन्त्रीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले सम्मेलनमा सम्बोधन गरेपछि त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ ।
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बिहीबार बिहान युगान्डा प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्