
काठमाडौं । नागरिक समुदायलाई खुला छलफल बहस गराउने गरी गैरसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
सार्वजनिक चासो र महत्वको विषयमा नागरिकहरुको आवाजलाई संस्थागत गर्न र बहस पैरवीमा सक्रिय सहभागिता बढाउन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी ‘सिभिक स्पेस’ नामक कार्यक्रम सुरु गरिएको जानकारी दिएको छ । गैरसरकारी संस्था महासंघ र अन्तर्राष्ट्रिय गैरसरकारी संघले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले खुम्चँदै गएको नागरिकको बहस छलफलको क्षेत्रलाई व्यापक बनाउन सहयोग पुग्ने बताउनुभयो । नागरिक समाज, नागरिक संस्थाहरुको भुमिका कमजोर भएको बताउनुभयो । यस कार्यक्रममार्फत विभिन्न सवालहरु र विकासका मुद्दामा काम गर्न संस्थालाई गोलबन्द गराउने अध्यक्ष सुवेदीले बताउनुभयो ।
त्यस्तै, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संघ (एआइएन)का अध्यक्ष भगवान श्रेष्ठले मानवीय विकास र विकासका कार्यक्रममा नागरिक समाजको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । सिभिक स्पेस कार्यक्रमले नागरिक समाजको भुमिकालाई बलियो बनाउने बताउनुभयो । उहाँले यो कार्यक्रम स्थानीय सरकारहरुसँग मिलेर गर्ने बताउनु भयो ।
कार्यक्रममा युरोपेली संघका सहायोग प्रमुख डा.मार्को गेमेरले सिभिक स्पेस कार्यक्रम सही समयमा शुरु हुन लागेको बताउनुभयो । सरकार १६ औं पञ्चवर्षीय योजना तयारीको चरणमा रहेकाले नागरिक समाजको वहसले योजना निमाणमा सहयोग पुग्ने बताउनुभयो । नेपालको नागरिक समाज, गैरसरकारी संस्थाको स्वरुपमा पनि देखिने भएकाले यो कार्यक्रमको सफल कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । संविधानले व्यवस्था गरेको उत्तरदायित्व,जवाफदेहिता र समावेसी सहकार्यको विषयलाई यस कार्यक्रमले महत्व दिने विश्वास लिएको बताउनुभयो ।
सिभिक स्पेस कार्यक्रमलाई युरोपेली संघले आर्थिक सहयोग गरेको छ । यस कार्यक्रमलाई मूल रुपमा गैरसरकारी संस्था महासंघले सञ्चालन गर्नेछ । यसलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संस्था एआइएनले सघाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्