Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बम्जनको मुद्दामा थुनछेक बहस सुरु


3.3k
Shares

कठामाडौं । अनुयायी बेपत्ता, हत्या र यौन हिंसाका अभियोग लागेका रामबहादुर बम्जनलाई विरुद्धको मुद्दामा जिल्ला अदालत सर्लाहीमा सुनुवाई सुरु भएको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णु रेग्मीको ईजलासमा बम्जनको बयान सकिएसँगै थुनछेक बहस भईरहेको छ ।

मंगलबार पक्राउ परेका बम्जनलाई केन्दीय अनुसन्धान व्यूरो सिआइबीले बुधबार सार्वजनिक गरेको थियो ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई सोहस् अदालतमा समक्ष प्रस्तुत गरिएको हो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।