
काठमाडौं, भदौ २७ । अफगानिस्तानको पूर्वी नान्गार्हार प्रान्तमा मंगलबार गराइएको आत्मघाती विस्फोटमा परी कम्तीमा ६८ जना मारिएका छन् ।
मामान्द जिल्लाको प्रहरी प्रमुखविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि आक्रमण गरिएको थियो ।
विस्फोटमा अरु १६५ जनाभन्दा बढी घाइते भएका छन् ।
नान्गार्हारमा गरिएको यो अहिलेसम्मकै ठूलो आक्रमण हो । पछिल्लो समय यहाँ शृंखलाबद्ध आक्रमण भइरहेको छ ।
आक्रमणको जिम्मेवारी कसैले नलिएपनि यस क्षेत्रमा इस्लामिक लडाकूहरुको गतिविधि तीव्र छ । यो प्रान्तमा अक्टोबरमा चुनाव हुँदैछ ।
अफगानिस्तानमा सरकार र तालिबानबीचको वर्षौंदेखिको द्वन्द्व समाधानका लागि अहिले कूटनीतिक प्रयासहरु भइरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्