१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


सुदूरपश्चिममा शीतलहरले जनजीवन प्रभावित


39
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बढेको शीतलहर र चिसोले कैलाली र कञ्चनपुरलगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । विशेषगरि वृद्धवृद्धा, बालबालिका तथा ज्यालादारीमा काम गर्ने मजदुरको जनजीवन कष्टकर बनेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक स्थलमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।

शीतलहरका कारण तरकारी बालीमा समेत डढुवा रोगको जोखिम बढेको छ । डढुवा रोगले आलु, गोलभेडा लगायत तरकारी बालीमा असर परेको स्थानीय कृषक बताउँछन् ।