Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


नेपवेस्टसँग भएको सम्झौता कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुन्छ : प्रधानमन्त्री दाहाल


572
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी सम्झौताको कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा काठमाडौं भ्याली मेयर्स फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन का लागि २० जुन २०११ मा भएको नेपवेस्टसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेपछि सो प्रतिवद्धता जनाउनुभएको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले उपत्यका मेयर्स फोरमसँग छिटो भन्दा छिटो फोहोर व्यवस्थापन गर्न र सम्झौताअनुसार काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेको मेयर महर्जनले बताउनुभयो । उहाँले आफूहरुले नेपाल विद्युत प्राधिकरणले स्मार्ट सिटी लाइट राख्दा ६०/४० को नीति विपरित बिल पठाएको बारेमा पनि ज्ञापन पत्र बुझाएको बताउनुभयो । सो बारेमा प्रधानमन्त्री दाहालले आफूले सम्बन्धित निकायलाई निर्देशक दिइसकेको स्पष्ट पारेको पनि मेयर महर्जनले बताउनुभयो ।

प्रमुख महर्जनले ६०/४० को नीतिअनुसार सडक बत्तीको बिल पठाए आफूहरुले तिर्ने बताउनुभयो ।

Skip This