काठमाडौं । बुटवल-भैरहवा क्षेत्रका उद्योगी नेपाल विद्युत प्राधिकरणकाविरुद्ध हड्तालमा उत्रिएका छन् ।
प्रयोग नै नगरेको ट्रंक र डेडिकेटड लाइनको बिजुलीको बिलिङ गरिएको भन्दै त्यस क्षेत्रका उद्योगी हडतालमा उत्रिएका हुन् ।
भैरहवाका २३ वटा उद्योग हड्तालमा उत्रिएका छन् । प्राधिकरणका अनुसार देशभरका ६१ वटा उद्योगले ट्रंक र डेडिकेटेड लाइन बापतको २२ अर्ब २४ करोड रुपैयाँ महशुल तिर्न बाँकी छ ।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै देशभरका २३ उद्योगको बिजुली काटिसकेको छ । बुटवल र भैरहवाका उद्योगी भने प्राधिकरणले प्रयोग नै नगरेको बिजुलीको बिलिङ गरेको भन्दै महशुल नतिर्ने बताइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्