 
	    एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद चौथौ कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
बंगलादेशमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा वाजेदको अवामी लिग पार्टीले ३ सय सिटमध्ये कम्तिमा १ सय ५२ सिटमा जीत हासिल गरेको हो ।
प्रमुख विपक्षी बंगलादेश नेशनलिष्ट पार्टीले बहिष्कार गरेको चुनावलाई सो पार्टीले ठगीको संज्ञा दिएको छ । आमनिर्वाचनमा ४० प्रतिशत मत मात्रै खसेको बताइएको छ ।
स्वतन्त्र उम्मेदवार दिएका अवामी लिगकै थप ४५ उम्मेदवार पनि विजयी भएका छन् । राष्ट्रिय पार्टीले ८ सिटमा जीत हासिल गरेको छ ।
सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएका वाजेद सन् २००९ मा पुन निर्वाचित हुनुभएको थियो । उहाँको यो लगातार चौथो तथा समग्रमा पाँचौ कार्यकाल हो । पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेपछि बंगलादेशको राजनीति खलबलिएको छ ।
 


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्