१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


सत्ता गठबन्धनका दलहरूको बैठक आज पनि बस्दै


130
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक आज पनि बस्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडका निम्ति शनिबार बसेको दलहरूको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार राति बसेको बैठकमा प्रमुख दलहरूको बढी सिटमा दाबी परेपछि कुरा नमिल्दा बैठक निष्कर्षविहीन भएको हो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको जनाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा पुस २३ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका बनाएको छ ।