Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सर्लाहीको बरहथवामा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति


273
Shares

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।

शनिबार मन्त्रालयका प्रबक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको गृह मन्त्रालयका प्रबक्ता भट्टराईले जानकारी गराउनुभयो ।