Logo ४ माघ २०८२, आइतबार | Mon Jan 19 2026


सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्नेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्‍यो : ईश्वर पोखरेल


416
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उहाँको जिकिर थियो ।

शनिबार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले सामाजिक सदभावमाथि आँच पु¥याउने काम गरिरहेका दाबी गर्दै त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबन्द हुन पनि अनुरोध गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढ्न नदिएको पनि बताउनुभयो ।